डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिका–६ का वडाध्यक्ष केवी ताम्राकार माथि बिहीबार राति निर्घात कुटपिट भएको छ।
उनीमाथि बिहीबार साँझ वडा नम्बर ७ को पोखराबाट घर फर्किने क्रममा भजनपुर स्थित वडा कार्यालय नजिकै स्थानीय सन्देश खड्का र उनका बुवा सुरेश खड्काले कुटपिट गरिएको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी सुगन्ध श्रेष्ठका अनुसार पीडित र पीडक दुबै पक्षले प्रहरीमा ठाडो उजुरी दिएका छन् । घटनाबारे प्रहरीले थप बुझिरहेको उनले बताएका छन्।
हिजो पीडक (खड्का पक्ष) ले प्रहरीमा फरक ढंगले खबर गर्नुभएको थियो । आज फरक उजुरी आयो,’ उनले भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको छ । ’वडाध्यक्षले अश्लील शब्द प्रयोग गरेर गाली गरेको आरोप छ। घाइते वडाध्यक्ष उपचारका लागि धनगढी आएका प्रहरीले जनाएको छ ।
घटनापछि अमरगढी नगरपालिकाले विज्ञप्ति सार्वजनिक गर्दै पीडकलाई कारबाहीको माग घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।