बाह्रवन साझेदारी वनको अध्यक्षमा चोखाल निर्वाचित

अत्तरिया- कैलालीको गौरीगंगा नगरपालिका–६ मा रहेको बाह्रवन साझेदारी वन व्यवस्थापन समितिको अध्यक्षमा वीर बहादुर चोखाल विजयी भएका छन् ।

Dadeldhura hospital

बिहीबार सम्पन्न निर्वाचनमा उनले आफ्ना निकटतम प्रतिस्पर्धी डण्डीराज सुवेदीलाई २८ मतको अन्तरले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृत उजिरसिंह कुँवरका अनुसार चोखालले कुल ७३ मत प्राप्त गरे भने सुवेदीले ४५ मतमा सीमित रहनु पर्यो । यस पटक समितिका १६ पदका लागि मतदान सम्पन्न भएको थियो, जसमा ४५ जना उम्मेदवारहरू प्रतिस्पर्धामा थिए ।

बाह्रवन क्षेत्रका सामुदायिक वन प्रयोगकर्ता बीच यो निर्वाचनलाई गम्भीर चासोका साथ हेरिएको थियो । नयाँ नेतृत्वसँग वन व्यवस्थापनमा थप पारदर्शिता र सक्रियता आउने अपेक्षा गरिएको छ ।

Loading...