अत्तरिया- कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर– ६ मा कार्यालय रहेको बाह्रवन साझेदारी वन व्यवस्थापन समितिको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।


आज बिहान ८ बजेबाट गौरीगंगा नगरपालिका वडा नम्बर ६ को कार्यालयमा सुरु भएको मतदान बेलुकी ५ बजे सम्पन्न भएको हो ।
बाह्रवनमा कैलालीका चार वटा पालिका गौरीगंगा, गोदावरी,धनगढी र चुरेका उपभोत्ता तर्फ १४६ मतदाता रहेकोमा १४४ मत खसेको निर्वाचन अधिकृत उजिरसिंह कुँवरले बताएका छन् ।
समितिका १६ पदका लागि ४५ जना उमेदवार मैदानमा छन् । सबै संगको समन्वय पछि आजै मत गणना गरिने कुँवरले बताएका छन् ।

