धनगढीका दुई किशोर लागूऔषधसहित पक्राउ

धनगढी- धनगढीका दुई किशोर लागूऔषध सहित पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–२ भन्सार नजिकबाट बा ६४ प ९३४२ नम्बरको मोटरसाईकलमा सवार धनगढी उपमहानगरपालिका–१३ बस्ने दुई जना किशोर आइतबार पक्राउ परेका हुन् ।

उनीहरूलाई ७ ग्राम ७२० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

Loading...