अत्तरियमा रुख ढल्यो, ठूलो मानविय क्षेति हुनवाट जोगियो





अत्तरिया- कैलालीको अत्तरियमा रुख ढलेको छ । गोदावरी नगरपालिका वडा नं. २ अत्तरिया स्थित पहाड रोडको सडक किनारमा रहेको पुरानो सालको रुख ढलेको हो ।



साझँको अति नै ब्यस्त समयमा रुख ढलेपनि ठूलो मानविय क्षेति भने हुनवाट जोगिएको छ । रुख ढल्दा संगै रहेका बिजुलीको ट्रान्सफर्मर केही पोलहरुमा क्षेति पुगेको छ ।


बिजुलीको ट्रान्सफर्मर केही पोलहरुमा क्षेति पुग्दा अत्तरिया आसपासको बिद्युत सेवा अबरुद्ध भएको छ । साझको बेला पहाड रोडमा पहाड जाने गाडी लामबद्ध भएर सोही ठाउँमा रोकिने गरेका थिए ।
यस्तै सोही सडकको आसपास ठेलागाडामा समान बेच्नेहरुको पनि भिड हुने गर्दथ्र्यो । यद्धपी आज भने ठूलो रुख ढल्दा कुनै क्षेति भने नभएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।



