

अत्तरिया- चुरे युवा क्लबको आयोजनामा संचालित ५ दिने उद्घोषण तालिम समापन भएको छ । चुरे युवा क्लबकाे आयोजना तथा चुरे गाउँपालिका ६ नं. वडा कार्यालयको आर्थिक सहयोगमा संचालित ५ दिने उद्घोषण तालिम समापन भएको हो ।






चुरे युवा क्लबका अध्यक्ष गणेश नाथ योगीको सभापतिमा समापन कार्यक्रमका प्रमुख अतिथि चुरे गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बहादुर साउद रहेका थिए ।
त्यस्तै विशिष्ट अतिथिमा वडा सदस्य मान बहादुर साउद रहेका थिए । वडा सदस्य दुर्गा सार्की, चुरे गाउँपालिका प्रेस सल्लाहकार नरेश नाथ योगी लगायतको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा स्वागत मन्तव्य क्लबका कोषाध्यक्ष निर्मला रावतले गरेकी थिइन भने व्याज बितरण हेमा रावत र पुस्पा धामीले गरेकी कार्यक्रमको सन्चालन देबिसरा आचार्य गौतमले गरेकी थिइन ।

