नेपाल–भारत सीमा क्षेत्र खैरानीघाटसम्म सडक बन्यो

बैतडी । बैतडीको शिवनाथ गाउँपालिका–२ को महाकाली नदी किनारसँग जोडिएको नेपाल–भारत सीमा क्षेत्र खैरानीघाटसम्म सडक निर्माण गरिएको छ। गाउँपालिकाको केन्द्र सुल्लेखानदेखि महाकाली नदी किनार खैरानीघाटसम्म कच्ची सडक निर्माण गरिएको हो।

Dadeldhura hospital

शिवनाथ गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त लगानीमा सडक निर्माण गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए। गाउँपालिका र प्रदेश सरकारको ८० लाखभन्दा बढीको लगानीमा करिब १६ किलोमिटर सडक निर्माण गरिएको उनले बताए।

Godawari sandesh
Navadurga sun

अध्यक्ष साउदले भने, “स्थानीयको माग र आवश्यकताका आधारमा तीन वर्षदेखि निर्माण सुरु गरिएको सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। सडक निर्माणले नदीजन्य सामग्री ल्याउन र ग्रामीण क्षेत्रका कृषिउपजलाई बजारमा पु¥याउन सहज भएको छ।” सडक बनेपछि खैरानीघाटदेखि गाउँपालिका केन्द्रसम्म पुग्न सहज भएको छ। गाउँपालिकाको खाल, बस्कोटी, शर्मालीलगायत गाउँ यो सडक सञ्जालमा जोडिएका छन्।

 

Loading...