कैलालीमा एक किशोरी र ६ युवक लागूऔषधसहित पक्राउ

धनगढी । कैलालीका विभिन्न स्थानबाट एकैदिन एक किशोरी र ६ युवक लागूऔषधसहित पक्राउ परेका छन्। टीकापुर नगरपालिका–९ खक्रौला सडक खण्डबाट बर्दियाको राजापुर नगरपालिका–१ हिमालिपुर बस्ने २३ वर्षीय पारस थारुलागूऔषधसहित पक्राउ परेका छन्। थारुलाई १ ग्राम २६० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Dadeldhura hospital

कैलालीको धनगढी उपमहानगरपालिका–१५ कनरीमा सुदूरपश्चिम प्रदेश ०१–०१० प ९००९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक धनगढी उपमहानगरपालिका–७ बस्ने २७ वर्षीय सुरेश राना र मोटरसाइकल पछाडी सावार धनगढी उपमहानगरपालिका–१५ उर्मी बस्ने २६ वर्षीय बलबुध राना पक्राउ परेका हुन्। यी दुबै जनाको साथबाट ११० मिलिग्राम खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाईकलसहित दुवै जनालाई प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

godawari10 Mahila hinsa
Navadurga sun

यसैगरी गोप्य सूचनाको आधारमा लम्कीचुहा नगरपालिका–१ लम्की बजारबाट सोही ठाउँ बस्ने ३७ वर्षीय पुर्ण दिप शर्मा उपाध्याय र ३२ वर्षीय नारायण कार्की पक्राउ परेका छन्। यी दुबै जनाको साथबाट ३३० मिलिग्राम खैरो हेरोइन, ट्रामाडोल १० ट्बलेट र नाइट्राभेट १ ट्बलेट फेला पारी इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यस्तै धनगढी उपमहानगरपालिका–८ भगत चोकबाट सोही ठाउँ बस्ने २५ वर्षीय चंचल कुमार राना र धनगढी उपमहानगरपालिका–१ बस्ने १९ वर्षीया किशोरी काजँल पार्कीलाई ६० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। विभिन्न स्थानबाट पक्राउ परेका यी सातै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Loading...