कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी । कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी उपमहानगरपालिका–३ मिलन चोक, धनगढी उपमहानगरपालिका–९ धनगढीगाँउ, धनगढी उपमहानगरपालिका–१८ घाट, भजनी नगरपालिका–६ नवलपुर र भजनी नगरपालिका–७ हिक्मतपुर घाट जाने बाटोबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ९८ हजार २५० बराबरको सामान बरामद गरिएको छ।

चनी, प्याज, सुजी, चक्लेट, बदाम, विभिन्न कम्पनीका मोबाईल कभर, बिडी, सुर्ती, सुटपिस, प्लाजु, लेगिज, बच्चाका कपडा, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

Navadurga sun

यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–२ चारघरुवा र पुनर्वास नगरपालिका–११ नमुना ईट्टाभट्टा नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ७४ हजार ८५० बराबरका सामान बरामद गरिएको छ।

भन्सार छलीको बिडी, सुर्ती, चक्लेट, ब्याट्री, पेय पदार्थ, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...