केएमसीमा स्ववियु चुनावको लागि ११ संगठन दर्ता

धनगढी- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि कैलालीको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पस (केएमसी) मा ११ विद्यार्थी संगठनहरुले संगठन दर्ता गरेका छन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगत चैत २७ गते हुने निर्वाचनको लागि मंगलबार केएमसीमा ११ विद्यार्थी संगठन दर्ता भएका हुन्।

Navadurga sun

दर्ता गरिएका संगठनमा नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन , अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी), स्वतन्त्र विद्यार्थी एकता समूह, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), अखिल क्रान्तिकारी, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, अखिल (क्रान्तिकारी बैध) र अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (छैठौं) ले संगठन दर्ता गरेका स्ववियु निर्वाचन अधिकृत कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक तथा सह क्याम्पस प्रमुख तर्कराज भट्टले जानकारी दिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...