डोटीमा भालुको आक्रमणबाट २ जना घाइते

डोटी- डोटीमा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । सायल गाउँपालिका–६ स्वाडाका अन्दाजी ६० वर्षीय करी साउद र उनकी श्रीमती अन्दाजी ५५ बर्सिया दुर्गा साउद घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

सौडीखेत स्थित खर्क (गोठ) मा सोमवार राति उनीहरूलाई भालुले आक्रमण गरेको हो । दुबै जनालाई उपचारको लागि सिलगढी लगिएको प्रहरीले जनाएको छ ।

Loading...