कञ्चनपुरमा चितुवाको आक्रमणबाट २ जना घाइते

कञ्चनपुर- कञ्चनपुरमा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् ।

जिल्लाको दोधरा–चाँदनी नगरपालिका–३ शिबनगर टोल मा खेतमा देखिएको चितुवालाइ लखेट्ने क्रममा बिहीवार २ जना घाइते भएका हुन् ।

घाइते हुनेमा दोधारा–चाँदनी नगरपालिका–३ का २७ वर्षीय राजु सुनार र २३ वर्षीय अर्जुन बुढा रहेका प्रहरीले जनाएको छ ।

घाइते दुबै जनालाइ दोधरा–चाँदनी अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागी महाकाली प्रादेशिक अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ ।

Loading...