

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरस्थित सेटीगाउँमा बहुमुखी क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ ।




मंगलवार हुने स्ववियु निर्वाचनका लागि क्याम्पसले फर्जी विद्यार्थी भर्ना गरेको, परिचय पत्र वितरणमा त्रुटी गरेको लगायतका आरोप लगाउँदै अनेरास्ववियुले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको हो ।


फर्जी विद्यार्थीको भर्ना खारेज, कब्जा गरिएका परिचयपत्र फिर्ता नहुँदा सम्म तालाबन्दी कायम रहने अनेरास्ववियुले विज्ञप्ती मार्फत जानकारी दिएको छ । क्याम्पसमा तालाबन्दी भएपछि आज हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित भएको छ ।

