

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको प्रेस सल्लाहकारमा पत्रकार डम्मर बहादुर बम नियुक्त भएका छन् ।




मुख्यमन्त्री शाहले आज उनलाई आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । प्रेस युनियनको नेतासमेत रहेका बमले राजनीति र व्यवस्थापन सङ्कायमा स्नातकोत्तर गर्नुभएको छ ।


उनीँ २०६२ साल देखि पत्रकारितामा आबद्ध छन् । विगतमा धनगढी पोस्ट, अनुमोदन दैनिक लगायतका सञ्चार माध्यममा काम गरेका बम पछिल्लो समय न्युज दैनिकमा कार्यरत छन् ।

