

डोटी- डोटीमा मोटरसाइकलले बालकलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । जिल्लाको शिखर नगरपालिका–८ तिलतालिमा दीपायलबाट डडेल्धुरा आउँदै गरेको म ३ प १४६१ नम्बरको मोटरसाइकलले सात वर्षीय बालकलाई ठक्कर दिएको हो ।




जिल्ला प्रहरी कार्यालय, डोटीले आइतबार दिउँसो पैदल यात्री स्थानीय मदन ताम्राकारका सात वर्षीय छोरा अन्जान ताम्राकारलाई मोटरसाइकललाई ठक्कर दिएको बताएको छ ।


उनीसँग मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका २५ वर्षीय अमर सिंह चौधरी घाइते भएका हुन् । बालकको डडेल्धुरा अस्पताल र मोटरसाइकल चालकको सुजङ्ग अस्पताल राजपुरमा उपचार हुँदैछ ।

