

कञ्चनपुर- कञ्चनपुरमा कान्छी श्रीमतीसंग मिलेर श्रीमानले जेठी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ ।


भीमदत्त नगरपालिका–११ चौबिससत्तामा शनिबार दिउँसो गोपाल सुनारकी ५८ वर्षीय श्रीमती कसी सुनार बेहोस अवस्थामा फेला परेकी थिइन् ।




उपचारका लागि महाकाली अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) उमेश जोशीले जानकारी दिए । यद्यपि उनको मृत्युको कारण भने खुल्नमा नआएको डिएसपी जोशीले बताए ।
महाकाली नदी किनारामा बालुवा चालेर जिविकोपार्जन गर्दै आएकी सुनारलाई सम्पत्तिको प्रलोभनमा उनका श्रीमान गोपाल सुनार सहित कान्छी श्रीमती मिरा देवी सुनार , छोरा अर्जुन सुनार र करन सुनारको मिलोमतोमा हत्या गरेको आरोप लागेको छ ।
मृतकका श्रीमान गोपाल सुनार सहित उनकी कान्छी श्रीमती मिरा देवी सुनार , छोरा अर्जुन सुनार र करन सुनारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक कसी सुनारको शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

