नेकपा एमाले नेता भट्टद्वारा गोदावरी नगरपालिकाका विभिन्न पूर्वाधार योजनाको निरीक्षण

अत्तरिया- नेकपा एमाले केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र भौतिक पूर्वाधार तथा योजना मन्त्री सुरेन्द्र पालले गोदावरी नगरपालिकाका विभिन्न पूर्वाधार योजनाको निरीक्षण गरेका हुन् । 

Navadurga sun

निरीक्षण क्रममा गोदावरी नगरपालिका–१ को अनामनगरदेखि चैतन्यपुर जोड्ने बाटोमा निर्माणाधीन कल्भर्ट, वडा नं. ८ जोनापुर स्थित दिपायल फास्टट्र्याक सडकमा पर्ने जीर्ण कल्भर्ट, ग्राभेल मार्ग र गेटा मेडिकल क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । 

सो क्षेत्रका विकास योजनाहरू बजेट अभावका कारण समयमा सम्पन्न हुन नसकेको भन्दै आगामी बजेटमा आवश्यक योजनाहरू समेटिने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

निरीक्षणका क्रममा स्थानीय बासिन्दाहरूले वडाका विकास निर्माणका कार्यहरू अघि बढाउन आग्रह गरेका थिए ।

नेकपा एमाले नेता भट्टले स्थानीय जनअपेक्षा र आवश्यकताका आधारमा पूर्वाधार योजनाको स्पष्ट खाका तयार गरी सम्बन्धित निकायमा पुर्याउने बताए । भौतिक पूर्वाधार मन्त्री पालले पनि जनताका माग सम्बोधन गर्दै आवश्यक बजेट व्यवस्था गर्न पहल गरिने आश्वासन दिएका हुन् । 

त्यसैगरी नेता भट्टले नेकपा एमालेको ‘जरा केन्द्र अभियान’ लाई प्रभावकारी बनाउन स्थानीय पार्टी कमिटीका पदाधिकारीहरूलाई निर्देशन दिनु भएको छ। विकास योजनाहरूको स्थलगत निरीक्षण गर्दै निष्पक्ष रूपमा वास्तविक तथ्य संकलन गरी जनताको पक्षमा नीति निर्माण गर्नुपर्ने भनाइ उनले राखेका थिए ।  

निरीक्षणका क्रममा दिपायल फास्टट्र्याक सडकमा जीर्ण अवस्थामा रहेका पुराना कल्भर्टहरूका कारण सवारी आवागमनमा समस्या देखिएको उल्लेख गर्दै त्यसको पनि पुनःर्निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय गरिने बताएका छन् । 

यस क्षेत्रलाई विकासका हिसाबले अघि बढाउन योजनाबद्ध रूपमा कार्य गर्नुपर्ने बताउँदै नेकपा एमाले सचिव भट्टले विकास निर्माणका कार्यमा कुनै पनि प्रकारको ढिलाइ गर्न नहुने बताए । उनले स्थानीय जनतासँगको समन्वयका आधारमा आगामी विकास योजनाहरू अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

कैलाली क्षेत्र नं.४ नेकपा एमाले सचिव लेखराज भट्टको निर्वाचन क्षेत्र समेत भएकाले उनले विशेष चासो राख्दै विकास निर्माणका कार्यहरूलाई प्राथमिकता दिइने बताए । 

ADD Khali jpg
ADD Khali jpg
Loading...