सौँराइ स्क्वायरले ‘सौँराइ नारी सम्मान २०८१’ बाट ६ महिलालाई गर्यो सम्मानित

धनगढी- धनगढीमा रहेको सौँराइ स्क्वायरले आयोजना गरेको ‘सौराइ नारी सम्मान २०८१’ सम्पन्न भएको छ । ११५औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सौँराइ स्क्वायरले विभिन्न क्षेत्रमा योगदान पुर्याएका ६ जना महिलाहरूलाई सम्मान गरेको हो ।

बुधबार सौँराइ स्क्वायरका प्रबन्ध निर्देशक उमेश विक्रम शाहको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का रहेकी थिईन्

सम्मानित हुनेमा व्यवसाय क्षेत्रबाट निर्मला सिंह, स्वास्थ्य क्षेत्रबाट शुलोचना अधिकारी, शिक्षा क्षेत्रबाट शान्ति भट्ट, कला क्षेत्रबाट शुसिला कार्की, सामाजिक क्षेत्रबाट लक्ष्मी बोगटी कुँवर र सञ्चार क्षेत्रबाट शारदा फुलारा रहेका छन् ।

Dadeldhura hospital

सम्मान कार्यक्रममा बोल्दै मन्त्री खड्काले निजी क्षेत्रले गरेको यस प्रकारको कार्यक्रमले आफूलाई समेत झस्काएको बताइन् ।

यसरी निजी क्षेत्रबाट समाजमा हरेक क्षेत्रमा कार्य गरी रहेका महिलाहरूलाई एक ठाउँमा ल्याई गरिएको सम्मानले महिलाहरूमा अझै ऊर्जा थपिने उनले बताइन् ।

उनले अझै महिलाले अनेक प्रकारका समस्याबाट गुज्रिरहेको बताउँदै मन्त्रालयका तर्फबाट आफूले सक्दो सकारात्मक प्रयासहरू गरिरहेको बताइन् ।

त्यस्तै सौँराइ स्क्वायर धनगढीका प्रबन्ध निर्देशक उमेश विक्रम शाहले सम्मानित हुने सम्पूर्ण व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा सौँराइ परिवार हर्षित भएको बताए ।

समाजमा केही गर्नुपर्छ भनेर आँट गरिरहेका महिलाहरूलाई प्रोत्साहन गर्न सौँराइ नारी सम्मानको सुरुवात गरेको उनले बताए । सो अवसरमा सौँराइले आफ्ना कर्मचारी महिलाहरूलाई पनि सम्मान गर्दै पुरस्कृत गरेको थियो । सौँराइ नारी सम्मानको यो तेस्रो सिजन हो ।

Loading...