झण्डा हटाउने ७ जना आन्दोलनरत विद्यार्थी प्रहरी नियन्त्रणमा

अत्तरिया- धनगढीमा नेपाली कांग्रेसका सभापती तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतमा लगाइएका झन्डा हटाउने ७ जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Dadeldhura hospital

विधेयकको आन्दोलनमा रहेका विद्यार्थीहरु मध्ये केहीले आवेगमा आएर झण्डा हटाउने , कुल्चने, च्यात्ने जस्ता गतिविधिका कारण आन्दोलनरत विद्यार्थीले थप चुनौती भोग्नु परेको छ ।

आफुहरुले सजाएका झण्डाहरु हटाएर अपाच्य गतिविधि गरेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका कार्यकर्ताले विद्यार्थीमाथि हातपात समेत गरेका थिए। आन्दोलन गर्नुस् कुनै आपत्ति छैन तर सम्पुर्ण नेपाली कांग्रेस प्रतिको अपमान गरेको भन्दै तरुण दलका पदाधिकारी उग्ररुप लिएर आन्दोलनरत विद्यार्थीहरूलाई तितरवितर पारेका थिए।

आफुहरुले लगाएका झण्डा जस्ताको तेस्तै पार्न भनि आन्दोलनरत विद्यार्थीहरूलाई धम्किपूर्ण निर्देशन तरुण दलका कार्यकर्ताले दिएका थिए । बिना अनुमती अपाच्य गतिविधि गरेको भन्दै ७ जना विद्यार्थी नियन्त्रणमा लिएको कैलाली जिल्लाका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । यसबारे थप अनुसन्धान भैरहेको छ, कुनै ठोस निर्णय समेत नभएको प्रहरी निरीक्षक खड्काले बताए ।

Loading...