बैतडीका बोहरा छोरीसँगै कक्षा ८ को परीक्षा दिँदै

बैतडी- बैतडीको पुर्चौडी नगरपालिका–८ का सुरेन्द्र बोहरा छोरीसँगै कक्षा ८ को परीक्षा दिँदै छन् । उनि उमेरले ४६ वर्षको पुगे ।

बोहरा छोरी डम्मरा सँगै कक्षा ८ को परीक्षामा सहभागी भइरहेका छन् । पुर्चौडी नगरपालिका–८ मा रहेको डिलाशैनी मावि मल्लादेहीबाट बुवाछोरी कक्षा ८ को परीक्षा दिइ रहनु भएको डिलाशैनी माविका प्रधानाध्यापक वीरेन्द्र रतोकीले बताए ।

मल्लादेही विद्यालयको कक्षा ८ को परीक्षा केन्द्र रत्न आधारभूत विद्यालयमा परेको प्रधानाध्यापक रतोकीले बताए । सानो उमेरमा कक्षा ५ सम्म अध्ययन गरेका बोहराले कक्षा ६ देखि डिलाशैनी माविमा छोरीसँगै पुनः अध्ययन सुरु गरेका हुन् ।

बोहरा सोही विद्यालयका विद्यालय कर्मचारीको रूपमा पनि कार्यरत छन् । बोहराको पढाइप्रतिको लगावले नयाँ पुस्तालाई प्रेरणा दिएको डिलाशैनी माविका प्रधानाध्यापक रतोकी बताउछन् ।

Loading...