बैतडीका एक युवक मलेसियामा बेपत्ता

बैतडी- बैतडीका एक युवक मलेसियामा बेपत्ता भएका छन् । रोजगारीका लागि त्यहाँ रहेका मेलौली नगरपालिका–८ कोटिगाउँका २८ वर्षीया मिन सिंह ठगुन्ना बेपत्ता भएका हुन् ।

Ganyapdhura gau

मलेसियाको रमाटेक्स कम्पनीमा कार्यरत ठगुन्ना फागुन १३ गतेदेखि सम्पर्कविहीन भएका बुवा बहादुरसिंह ठगुन्नाले जानकारी दिए । १२ गते रात्रि सम्म फोन सम्पर्क भएको र १३ गतेदेखि सम्पर्क हुन नसकेको उनले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

ढगुन्ना १० वर्षअघि रोजगारीका लागि मलेसिया गएका थिए । काम गर्ने क्रममा टाउकोमा गम्भिर चोट लागेको थियो । त्यसको चार/पाँच दिनपछि छोरो सम्पर्कविहीन भएको बुबा बहादुर सिंहले बताए ।

टाउकोमा चोट लागेपछि मानसिक अवस्था कमजोर भएका ठगुन्ना एक्कासी कोठाबाट भागेको उहाँसँगै कोठामा बस्दै आएका अर्का नेपालीले आफूलाई जानकारी गराएको उनले बताए ।

‘टाउकोमा चोट लागेको दुई/तीन दिनपछि एक्कासी बरबराउने, डराउने लगायत लक्षण देखाउने गरेका थिए, १३ गते राति नै मोबाइल कोठामा छोडेर भागेका रहेछन्, आजसम्म भेटिएनन्’, बुबा बहादुर सिंहले भने, ‘काम गर्ने कम्पनीले पनि त्यहाँको प्रहरीलाई छोरो सम्पर्कमा नरहेको जानकारी गराएको र बस्दै आएको कोठासमेत खाली गरिदिएको खबर पाएको छु ।’

मेलौली नगरपालिका–८ का वडाअध्यक्ष तपेन्द्र सिंह बिष्टले परराष्ट्र मन्त्रालयलाई खोजीका लागि आवश्यक पहल गरी दिन आग्रहसहित सिफारिस गरिएको जानकारी दिए । जिल्लाकै भएकाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीलाई समेत परराष्ट्रसँग आवश्यक समन्वय गरी खोजी गरिदिन आग्रह गरिएको वडा अध्यक्ष बिष्टले बताए । रासस

Couple
Loading...