सुदूरपश्चिमका ४० प्रतिशत महिला घरायसी काममै सिमित रहेको तथ्याङ्क सार्वजनिक

धनगढी- सुदूरपश्चिम प्रदेशका ४० प्रतिशत महिला अझै श्रम बजार बाहिर अर्थात् घरायसी काममै सिमित रहेको एक तथ्याङ्क सार्वजनिक भएको छ । धनगढीमा आयोजित सञ्चारमाध्यम सँगको अन्तरक्रिया कार्यक्रममा प्रदेशमा ठूलो सङ्ख्यामा महिला श्रम बजार बाहिर रहेको बताइएको हो । 

घरायसी कामका कारण महिला श्रम बजारमा आउन नसकेको सशक्त महिला समृद्ध नेपालकी कार्यक्रम संयोजक सङ्गीता यादवले बताईन् । उनका अनुसार सुदूरपश्चिम प्रदेशमा २६.४ प्रतिशत १५ देखि वा सोभन्दा बढी उमेर समूहका महिलाले कुनै न कुनै हिँसा भोगिरहेका छन् । 

त्यस्तै सुदूरपश्चिम प्रदेशमा ८८.४ प्रतिशत किशोरीले आफ्नो विवाहको उमेर आफै तोक्ने गरेको पाइएको जनाइएको छ । महिला सशक्तिकरणका लागि विभिन्न नीति, नियम बने पनि कार्यान्वयनको पाटो फितलो रहेको यादवको बुझाइ छ । 

त्यस्तै युनिसेफ बाल सुरक्षा अधिकृत उपमा मल्लले यौन हिंसाको शिकार हुनेमा दुई तिहाइ बालिका रहेको उल्लेख गरिन् । महिला सशक्तिकरणका लागि सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारले अझ बढी काम गर्न आवश्यक रहेको युएन वमन सुदूरपश्चिम प्रदेश संयोजक प्रतिभा चौधरीले बताईन् । 

Loading...