कञ्चनपुर बेलौरी ३ का वडाध्यक्ष रिजालको निधन

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको शुक्रबार राति आफ्नै निवासमा निधन भएको छ ।

फोक्सो सम्बन्धी समस्याबाट पीडित रिजालको राति साढे १२ बजे तिर निधन भएको परिवारिक श्रोतले जानकारी दिएको छ । उनी २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । 

Loading...