

कञ्चनपुर- तलब नपाएको भन्दै कञ्चनपुरको सिद्धनाथ माविमा तालाबन्दी गरिएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ मा रहेको उक्त विद्यालयका शिक्षकहरूले लामो समयदेखि तलब नपाएको भन्दै प्रशासनमा तालाबन्दी गरेका हुन ।




बुधवार विद्यालयमा कार्यरत शिक्षकहरुले विद्यालयको प्रशासनिक भवनमा तालाबन्दी गरेका थिए । निजी स्रोतका शिक्षकहरूले तलब नपाएको भन्दै विद्यालय प्रशासनमा तालाबन्दी गरेको शिक्षक गोविन्द ढाँटले बताए।


उनका अनुसार विद्यालयमा कार्यरत ४ जना शिक्षकले ४/५ महिनादेखि तलब पाएका छैन, तलब नपाएको विषयमा विद्यालय प्रशासन र निजी स्रोतका शिक्षकहरू बिच छलफल भइरहेको प्रधानाध्यापक राजेन्द्र पाण्डेयले बताए ।

