गोदावरी-८ का ज्येष्ठ नागरिकलाई सम्मान

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–८ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । गोदावरी ज्येष्ठ नागरिक समाज वडा समितिले शनिबार आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा कम्बल वितरण गरिएको हो ।

वडा कार्यालयको आर्थिक सहयोगमा ६० वर्ष माथिका ३५ जना ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरी सम्मान गरिएको गोदावरी ज्येष्ठ नागरिक समाजले वडा समितिका अध्यक्ष प्रेम बहादुर बोगटीले बताए ।

आगामी आर्थिक वर्षमा सो शीर्षकको बजेटमा वृद्धि गरिदिन उनले वडा सँग आग्रह गरे । ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप न्यानो कम्मल वितरण गरिएको जनाइएको छ ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि रहेका वडा नम्बर-८ का वडा अध्यक्ष गोविन्द चौधरीले वडा सरकार सधैँ ज्येष्ठ नागरिकको पक्षमा रहेको बताए । उनले ज्येष्ठ नागरिक समाजका मेरुदण्ड भएकोले सबैले सम्मान गर्दै उहाँहरूका सकारात्मक पक्षहरूलाई अनुशरण गर्नु पर्ने बताए ।

सम्मान कार्यक्रममा गोदावरी ज्येष्ठ नागरिक समाजका नगर अध्यक्ष चित्र कुमार भट्ट, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Loading...