आर्थिक अभाव भएपछि सहयोगको लागि लुहार दम्पतीको गुहार

बैतडी- बैतडीका हरिष सिह लुहारको दम्पतीले छोराको उपचारमा आर्थिक अभाव भएपछि सहयोगको लागि गुहार गरेको छ ।

Ganyapdhura gau

जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ खिपाली बस्ने लुहार दम्पतीले आफ्ना ७ वर्षीया छोरा ज्ञानेन्द्र लुहारको उपचारमा आर्थिक अभाव भएपछि सहयोगको लागि गुहार गरेको हो । विगत सात महिना देखि काठमाडौको अन्नपूर्ण निउरो अस्पतालमा उपचारत छोरा ज्ञानेन्द्रको उपचारमा आर्थिक अभाव भएपछि सहयोगको लागि गुहार गरेको उनका बुवा हरिष सिह लुहारले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सात महिना देखि अस्पतालमा उपचारत ज्ञानेन्द्र लुहारको उपचारको क्रममा रोग पत्ता नलागेपछि रगत परीक्षणको लागि भारत पठाउन पर्ने भएपछि झन उपचार गर्न झन आर्थिक अभाव भएको उनकी आमा निर्मला लुहारले बताएकी छिन ।

लुहार दम्पतीले केही आर्थिक सहयोग संकलन गरेर अहिले सम्म छोरा ज्ञानेन्द्रको उपचार गराएका भएपनि अब भने उपचार क्रममा थप चेकजाँच गर्न ज्ञानेन्द्रको रगत भारत पठाउन पर्ने भएपछि आर्थिक अभावको छटपटीमा लुहार दम्पती घर फर्किने कि उपचार गर्ने भन्ने कुरामा अडकिएको बताइएको छ ।

छोराको हिड्न, बस्न, बोल्न र खाना खान नसक्ने अवस्था समेत नरहे पछी उपचार गराउन काठमाडौ पुगेका लुहार अहिले आर्थिक संकटमा परेका छन । बिरामी छोरा ज्ञानेन्द्रको उपचार गराइरहेका दम्पतीको कान्छी छोरीलाई समेत तेहि समस्या आएपछि अहिले दुवै छोरा छोरी अन्नपूर्ण निउरो अस्पतालमा उपचारत रहेका ज्ञानेन्द्रका बुवा हरिष सिह लुहारले बताए ।

उहाँलाई सहयोग गर्न – 0823901768396011 HARISH B.K नामको कृषि विकास बैङ्कको खाता रहेको छ ।

Couple
Loading...