

अत्तरिया- सुदूरपश्चिमका विभिन्न स्थानीय तहले ‘जनयुद्ध दिवस’ को अवसरमा सार्वजनिक बिदा दिएका छन् । सर्वोच्च अदालतले खारेज गरिदिएको ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदालाई प्रदेशका दुईवटा स्थानीय तहले निरन्तरता दिएका हुन् ।



अछामको रामारोशन गाउँपालिकाले फागुन १ गते जनयुद्ध सुरु गरिएको दिन भएकाले स्थानीय बिदा दिएको जनाएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक खनालका अनुसार २७ गते बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।


यस्तै, दार्चुलाको नौगाड गाउँपालिकाले पनि फागुन १ गते बिदा दिएको छ । बुधबार बसेको बैठकले पालिकाभर बिहीबार बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीले जानकारी दिए ।