अत्तरियाबाट फरार प्रतिवादी पक्राउ

Dadeldhura hospital

धनगढी । कैलालीको अत्तरियाबाट प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत कञ्चनपुरले विवाह सम्बन्धी कसुर मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएका कञ्चनपुरको कृष्णपुर नगरपालिका – ८ विचवाका ३१ वर्षीय मनोज भट्ट पक्राउ परेका हुन । उनलाई इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले मंगलबार गोदावरी नगरपालिका – १ अत्तरियाबाट पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

 

Loading...