अत्तरिया- चर्चित देउडा गायक लाल बहादुर धामी (अछामी बड्डाे) काे विशेष प्रस्तुति रहने भएको छ ।कञ्चनपुरकाे कृष्णपुर नगरपालिका वडा नं. २ वाणी स्थित जेबि एकेडेमीले आफ्नो १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस भोलि माघ २० गते भव्य रूपमा मनाउने कार्यक्रममा देउडा गायक अछाम बड्डोको समेत प्रस्तुती रहने एकेडेमीका संस्थापक प्रिन्सिपल जगदिश सेटिले जानकारी दिए ।
त्यसैगरी, २०६६ सालमा स्थापना भएको यस एकेडेमीले १५ वर्ष पूरा गरेको अवसरमा वार्षिक उत्सवको आयोजना गरी शुल्क चुक्ता गरेका अभिभावकहरूलाइ गाेलाप्रथाबाट १ लाख रुपैयाँ नगद उपहार प्रदान गरिने छ ।

कृष्णपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वर्णपदक विजेता खेलाडीहरूलाई जनही ५ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने छ । त्यस्तै २०८० सालको कक्षा १० र १२ को बोर्ड परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने सम्पूर्ण विद्यार्थीलाई सम्मान गरिने एकेडेमीले जनाएको छ ।
विद्यालयका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, मेधावी विद्यार्थी र उत्कृष्ट स्टाफहरूलाई पनि सम्मान गरिनेछ । अभिभावकहरूको योगदानको कदरस्वरूप अभिनन्दन कार्यक्रम समेत राखिने प्रिन्सिपल सेटीले जानकारी गराएका छन् ।
वार्षिकोत्सवमा विद्यार्थीहरूद्वारा नृत्य, गीत, मन्तव्य, नाटकजस्ता कलात्मक प्रस्तुतिहरू प्रदर्शन गरिनेछ । कार्यक्रमलाई भव्य बनाउन विद्यालयले सम्पूर्ण वर्तमान र भूतपूर्व विद्यार्थी, अभिभावक, स्टाफ, र समितिका पदाधिकारीहरूलाई समेत निमन्त्रणा गरेको छ ।
विद्यालयका प्रिन्सिपल सेटीले कार्यक्रम भव्य र सफल बनाउन सबैको सहभागिता र सहयोगको अपेक्षा व्यक्त गर्दै अभिभावक, विद्यार्थी, र अन्य सरोकारवालाहरू सम्पूर्ण जनसमुदायमा उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिएको छ ।