मतदाता नामावली सङ्कलनको कार्य फेरि शुरू

गत पुस ५ गतेबाट रोकिएको मतदाता नामावली सङ्कलन कार्य बिहीबारबाट पुनः सञ्चालन हुने भएकाे छ ।

Dadeldhura hospital

बिहीबार देखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गरिने निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल प्रसाद धमलाले जानकारी दिए ।

godawari10 Mahila hinsa
Navadurga sun

१६ वर्ष पुगेर नागरिकताको प्रमाणपत्र लिएका व्यक्तिहरुले मतदाता नामावलीमा नाम लेखाउन सक्नेछन् । निर्वाचनको मिति घोषणापछि आयोगले मतदाता नामावली सङ्कलन स्थगित गरेको थियो ।

निर्वाचन आयोगका अनुसार २०७७ पुस ५ गतेसम्म नेपालमा १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेका छन् ।

Loading...