सरकारले अध्यादेशमार्फत शासन गर्न खोज्यो : प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अध्यादेशमार्फत शासन गर्न खोजेको टिप्पणी गरेका छन्।विहीबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले संसद आह्वान गर्नुको सट्टा विभिन्न अध्यादेश ल्याउनु गलत भएको बताएका हुन्।

Dadeldhura hospital

सरकारले नियमित रुपमा सदन नबोलाएपछि प्रतिपक्षी दलका तर्फबाट माओवादीले विशेष अधिवेशन आह्वानको प्रयास गरिएको पनि उनले बताए। उनले वर्तमान सरकारले भ्रष्टाचार गर्ने कर्मचारीलाई बचाउन र राम्रो काम गरेका कर्मचारीलाई आक्रमण गरेको टिप्पणी गरे। तत्काल सरकार परिवर्तन गर्नेगरी माओवादी केन्द्र सक्रिय भएर नलागेको प्रचण्डको भनाइ छ।

Navadurga sun
Godawari sandesh

‘यो सरकार अप्राकृतिक रुपमा जन्मिएकोले धेरै लामो समय जाँदैन भनेर हामीले सुरुबाटै भन्दै आएका छौं, तर हामी अहिले सक्रिए भएर सरकार ढाल्न भने लागेका छैनौं,’ उनले भने, ‘हामी अहिले प्रतिपक्षी भएर जनताको माझ गएका छौं, तत्काल हामी यही भूमिकामा ठीक छौं भन्ने लागेको छ।’

Loading...