बैतडीमा आगलागीबाट सात लाखभन्दा बढीको क्षति

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका–४ भटनास्थित एक घरमा आगलागी हुँदा सात लाखभन्दा बढीको क्षति भएको छ । यहाँको पुर्चौडी नगरपालिका–४ भटनाका डम्मरदेव भट्टको घरमा बुधबार भएको आगलागीबाट सात लाख बढीको क्षति भएको छ ।

भट्टको घरमा बालेको दियोबाट आगो सल्किँदा उक्त परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

आगलागीबाट भट्टको घरमा रहेको २० तोला चाँदीसहित, अन्नपात, लत्ताकपडा लगायतका सामग्री जलेर नष्ट हुँदा रु सात लाख २५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

Loading...