लागूऔषधसहित कैलालीमा ३ जना पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ शिशा पोष्ट नजिकबाट धनगढी उपमहानगरपालिका–१३ बस्ने २० वर्षीय रमेश राना पक्राउ परेका छन्।

रानालाई १ ग्राम ३८० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। यसैगरी धनगढी उपमहानगरपालिका–३ बोराडाँडीबाट सोही ठाउँ बस्ने २९ वर्षीय गोबिन्द सिहं महरा पक्राउ परेका छन्।

Navadurga sun

महरालाई २३० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

धनगढी उपमहानगरपालिका ३ सिसा पोष्ट नजिकबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ बस्ने २२ वर्षीय प्रकाश घरेडीलाई ३७ ट्याब्लेट नाईट्रापाम नामक लागू औषधसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...