सरकारले ५८ जिल्लामा भूमि समस्या समाधान आयोगका अध्यक्ष नियुक्त गर्यो

अत्तरिया- सरकारले ५८ जिल्लामा भूमि समस्या समाधान आयोगका अध्यक्ष नियुक्त गरेको छ। जसमा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र बझाङ बाहेक अन्य ७ जिल्लामा पनि अध्यक्षको नियुक्ति भएको छ।

कैलालीमा भूमि समस्या समाधान आयोगको अध्यक्षमा यज्ञराज उपाध्याय नियुक्त भएका छन्। त्यस्तै, डडेल्धुरामा परशुराम नगरपालिका–३ का कैलाश कुमार पाण्डेय, बैतडीमा रमेश दत्त पाण्डेय, दार्चुलामा लालसिंह धामी, अछाममा राम आउजी, डोटीमा डम्बर बहादुर ओली र बाजुरामा जनक बहादुर रोकाया नियुक्त भएका छन्।

Navadurga sun

सुदूरपश्चिमका कञ्चनपुर र बझाङमा भने गठबन्धन दलहरू बीच आन्तरिक सहमति बाँकी रहेको भन्दै अध्यक्ष पद खाली राखिएको जनाएको छ। नवनियुक्त अध्यक्षहरूले भूमिहीन, सुकुम्बासी र समस्या ग्रस्त क्षेत्रका नागरिकहरूको समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...