अत्तरिया- माघी पर्वको अवसरमा गोदावरी नगरपालिकाद्वारा माघ २ गते स्थानीय बिदा दिएको छ ।
माघी पर्वको अवसरमा २०८१ माघ २ गते बुधबारका दिन गोदावरी नगरपालिका क्षेत्र भित्र १ (एक) दिन स्थानीय बिदा दिने भनी मिति २०८१/०९/२५ गतेको १२१ औं कार्यपालिका बैठकबाट निर्णय भएको हुँदा यस नगरपालिका क्षेत्र भित्रका सरकारी कार्यालय, स्वास्थ्य संघसंस्था तथा विद्यालयहरूमा १ (एक) दिन स्थानीय बिदा दिइएको सूचनामा उल्लेख गरेको छ ।