मोटरसाइकलको ठक्करवाट एक जना घाइते






अत्तरिया- कैलालीको अत्तरियामा मोटरसाइकलको ठक्करबाट एक जना घाईते भएका छन् । अत्तरियावाट धनगढी तर्फ जादै गरेको बा ७५प ७१२ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ गोदावरी नगरपालिका वडा नं. ३ बस्ने ३५ वर्षीया पद्मा भुल घाईते भएकी हुन् ।


उनको बाँया खुट्टा भाँचिएको छ र अत्तरिया स्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।



