धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–५ शिवनगर टोलस्थित चैतन्य पाठशालामा चैतन्य विद्यार्थी महोत्सव शनिबारबाट सुरु भएको छ ।
चैतन्य पाठशालाको आयोजनामा चैतन्य विद्यार्थी महोत्सव २०८१ को पहिलो संस्करण सुरु भएको हो । उद्घाटन सत्रमा सुदूरपश्चिमको कला संस्कृति झल्किने विभिन्न झाँकीहरू प्रदर्शन गरिएका थियो ।
महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरेका छन् । चैतन्य पाठशालाले विगतका वर्षदेखि नै आयोजना गर्दै आइरहेको स्टिमफेयर वार्षिक खेलकुद सप्ताहलाई यो वर्ष विन्टर क्याम्प रमाइलो मेलालाई जोडेर संयुक्त रुपमा आयोजना गर्न लागेको पाठशालाका प्रधानाध्यापक कटकबहादुर सिहँले बताए ।
महोत्सवको उद्घाटन समारोह चैतन्य पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीको अध्यक्षतामा भएको हो । शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन, प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशालाको शैक्षिक अवधारणा अघि बढिरहेको पाठशालाले विद्यार्थीहरूको चौतर्फी विकासका महोत्सव गरिएको जनाएको छ । महोत्सव आगामी माघ ५ गतेसम्म सञ्चालन हुने छ ।