डोटीको पुरानो शैक्षिक संस्था सिताराम स्कुलमा पूर्व विद्यार्थी समाज गठन

डोटी- डोटीको पुरानो शैक्षिक संस्था शिखर–९ मा रहेको सिताराम माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूले पूर्व विद्यार्थी समाज गठन गरेका छन् ।

Ganyapdhura gau

समाजको शनिबार प्रथम साधारण सभा सम्पन्न भएको हो । तदर्थ समितिका अध्यक्ष लालबहादुर कडायतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालयका पूर्व प्रधानाध्यापक लोकराज पन्त रहेका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त, कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. हेमराज पन्त, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज पन्त लगायत विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

यसै बिच प्रथम साधारण सभाले पुनः लालबहादुर कडायतलाई नै अध्यक्ष चयन गरेको हो । कठायत विद्यालयका पूर्व प्रधानाध्यापक समेत हुन । 

त्यस्तै बरिष्ठ उपाध्यक्ष भिम बहादुर बलायर, उपाध्यक्षमा कृष्ण बोहरा, सचिवमा जयराज ओझा, कोषाध्यक्षमा वीरबहादुर कुँवर चयन भएका छन् । सिताराम विद्यालय २०१७ सालमा स्थापना भएको हो । उक्त विद्यालयमा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, एमाले सचिव लेखराज भट्ट, काँग्रेस नेता वीरबहादुर वलायरले समेत अध्ययन गरेका थिए ।

Couple
Loading...