प्रगति बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ अत्तरियामा रहेको प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष करुणाकर पाण्डेयको सभापतित्वमा शनिवार सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिका २ का वडा सदस्य डबल बहादुर साउँद रहेका थिए । 

Ganyapdhura gau

त्यस्तै विशिष्ट अतिथिमा अत्तरिया नगर विकास समितिका पूर्व अध्यक्ष खेम साउद थिए कार्यक्रमको सञ्चालन पूर्व वडा सदस्य कमल कडायतले गरेका थिए भने उपाध्यक्ष प्रताप कडायतले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । 

Navadurga sun
Dadhaldhura pur

२०६८ सालमा स्थापित संस्थामा ५ जना कर्मचारीहरुबाट सुरु भएको संस्थामा हाल आएर ३५० शेयर सदस्यहरू रहेका छन् । संस्थाको यस वर्षको बचत निक्षेप ६ लाख ८९ हजार ८२९ रहेको छ । सेयरपुँजी ३६ लाख १ हजार २ सय रहेको छ । संस्थाले यस वर्ष नाफा आर्जन गर्न सफल भएको छैन । 

कार्यक्रममा बोल्दै वक्ताहरूले लघु वित्तीय संस्थाले जम्मै नाफा लग्ने गरेको अवस्थामा सहकारीहरूले सम्पूर्ण सेयरहरूलाई बोनस दिने गरेको छ । सबै सर्वसाधारणहरूलाई शेयर दिने गरेको छ । सहकारीमा शेयर सदस्यहरू नै मालिक बन्न पाएका छन् । कुनै शीर्षकमा लगानी लगाउन लिएको ऋणलाई लगानी गर्न नसकी घर खर्च गरेमा हामीहरूलाई ऋण तिर्न अप्ठ्यारो हुन्छ समयमै ऋण तिर्न नसक्दा सहकारीलाई पनि घाटा हुन्छ ।

सहकारीमा आबद्ध व्यक्तिहरुलाई तालिम दिनु पनि समयको आवश्यकता रहेको बताए । कार्यक्रममा उत्कृष्ट ऋणीहरू उत्कृष्ट बचतकर्ताहरू र उत्कृष्ट सेयर सदस्यहरूलाई सम्मान गरिएको थियो । पूर्व उपाध्यक्ष प्रताप कडायत अध्यक्षमा निर्विरोध चयन भएका छन् । 

ADD Khali jpg
ADD Khali jpg
Loading...