अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. २ अत्तरियामा रहेको प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष करुणाकर पाण्डेयको सभापतित्वमा शनिवार सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिका २ का वडा सदस्य डबल बहादुर साउँद रहेका थिए ।
त्यस्तै विशिष्ट अतिथिमा अत्तरिया नगर विकास समितिका पूर्व अध्यक्ष खेम साउद थिए कार्यक्रमको सञ्चालन पूर्व वडा सदस्य कमल कडायतले गरेका थिए भने उपाध्यक्ष प्रताप कडायतले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।
२०६८ सालमा स्थापित संस्थामा ५ जना कर्मचारीहरुबाट सुरु भएको संस्थामा हाल आएर ३५० शेयर सदस्यहरू रहेका छन् । संस्थाको यस वर्षको बचत निक्षेप ६ लाख ८९ हजार ८२९ रहेको छ । सेयरपुँजी ३६ लाख १ हजार २ सय रहेको छ । संस्थाले यस वर्ष नाफा आर्जन गर्न सफल भएको छैन ।
कार्यक्रममा बोल्दै वक्ताहरूले लघु वित्तीय संस्थाले जम्मै नाफा लग्ने गरेको अवस्थामा सहकारीहरूले सम्पूर्ण सेयरहरूलाई बोनस दिने गरेको छ । सबै सर्वसाधारणहरूलाई शेयर दिने गरेको छ । सहकारीमा शेयर सदस्यहरू नै मालिक बन्न पाएका छन् । कुनै शीर्षकमा लगानी लगाउन लिएको ऋणलाई लगानी गर्न नसकी घर खर्च गरेमा हामीहरूलाई ऋण तिर्न अप्ठ्यारो हुन्छ समयमै ऋण तिर्न नसक्दा सहकारीलाई पनि घाटा हुन्छ ।
सहकारीमा आबद्ध व्यक्तिहरुलाई तालिम दिनु पनि समयको आवश्यकता रहेको बताए । कार्यक्रममा उत्कृष्ट ऋणीहरू उत्कृष्ट बचतकर्ताहरू र उत्कृष्ट सेयर सदस्यहरूलाई सम्मान गरिएको थियो । पूर्व उपाध्यक्ष प्रताप कडायत अध्यक्षमा निर्विरोध चयन भएका छन् ।