गोदावरीका गणित शिक्षकलाई ३ दिने तालिम

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाका गोदावरीका गणित शिक्षकलाई तालिम प्रदान गर्न लागिएको छ । रोटरी क्लब अफ धनगढीले गोदावरीका विभिन्न विद्यालयहरूमा प्राथमिक तहमा गणित विषय अध्यापन गराउने शिक्षकहरूलाई तालिम प्रदान गर्न लागेको हो ।

गोदावरी नगरपालिकाको सहजिकरणमा सुरु भएको तालीममा २४ जना सहभागी रहेका छन् । तालिमको आज एक कार्यक्रमका बिच मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले उद्‌घाटन गरेका हुन् ।

रोटरी क्लबका अध्यक्ष डाक्टर सुशील कुमार भण्डारीको अध्यक्षतामा सुरु भएको उद्‌घाटन कार्यक्रममा गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयाग राज जोशी लगायतको उपस्थिति रहेको थियो ।

रोटरी क्लब धनगढीले काठमाडौंको बुढानीलकण्ठ स्कुलको टोलीसँग सहकार्य गरी तालिमको आयोजना गरेको हो ।

बुढानीलकण्ठ स्कुलमा कक्षा ११ मा गणित विषय लिएर  अध्ययनरत केही विद्यार्थीहरूले सुदूरपश्चिमका शिक्षकहरूको अध्यापन कौशलमा सुधार ल्याउने उद्देश्यले तालिम सहजीकरण गरेका छन् । विद्यार्थी एरिका विष्टका अनुसार यो तालिम शिक्षामा समानता र गुणस्तर वृद्धि गर्न लक्षित छ ।

Loading...