अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं १ मा रहेको अत्तरिया श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बाह्रौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका बिच वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सहकारी संस्थाका अध्यक्ष लक्ष्मी कुमारी बोहराको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद तुलसी देवकोटा प्रमुख अतिथि रहेकी थिइन् भने विशिष्ट अतिथि जिल्ला सहकारीका अध्यक्ष फणि सापकोटा र नेफकका केन्द्रीय सचिव टिकादत्त जोशी रहेका थिए ।
कार्यक्रमको सञ्चालन संस्थाकी सहसचिव कल्पना जोशीले गरिन भने संस्थाकी सचिव सरस्वती पण्डितले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन । सुरुमा ६२ जना जना शेर सदस्यहरूबाट सञ्चालित संस्थामा हाल ७ सय ३३ जना शेयर सदस्यहरू रहेकाे उक्त संस्थामा ४ जना कर्मचारीहरु रहेका छन् । संस्थाले २६ हजार २ सयबाट सुरु गरिएको संस्थाको हालको सेयरपुँजी ३७ लाख ७४ हजार ७ सय रहेको छ । संस्थामा यस वर्ष २ लाख ७३ हजार ७ सय ४० खुदनाफा भएको छ । संस्थाको यस वर्षको निक्षेप ७५ लाख ७३ हजार ७ सय ४० रहेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले कर्मचारीको मेहनत संस्थाको प्रगति विवरण राख्ने साधारण सभा भएको दिन महत्वपूर्ण दिन हो संस्थाका प्रत्येक सदस्यहरूले बुझ्ने गरी प्रगति प्रतिवेदन बनाउनुपर्छ । सहकारीहरूलाई प्रविधिमा जोड्नुपर्छ । समयको व्यवस्थापन असल तरिकाले गर्नुपर्छ । काम गर्ने र भन्ने समयमा एक रुपता ल्याउनुपर्छ । सम्पूर्ण सहकारी कर्मीहरूलाई सहकारी शिक्षाको आवश्यकता छ । तपाईँहरूसँग सहजीकरण गरेर सहकारीहरू सम्बन्धी योजनाहरू ल्याउने प्रतिबद्धता व्यक्त गर्दछु संस्थाको भवनको लागि पनि सहयोग गर्नेछु भने।
कार्यक्रममा वक्ताहरूले यो सहकारी अरु सहकारीहरू भन्दा भिन्न भएको र यसले पैसालाई बचत गर्ने मात्र नभई मजदुर लक्षित सहकारी भएकाले श्रमिकहरूलाई सीप श्रम प्रदान गर्ने सहकारी भएको बताए यस सहकारीको प्रगति धेरै नभएपनि हामीहरूलाई सन्तुष्टि दिन योग्य भएको बताए । कार्यक्रममा उत्कृष्ट बचतकर्ता उत्कृष्ट ऋणी आदिलाई सम्मान समेत गरिएको थियो ।