अत्तरिया- कैलाली र कञ्चनपुरमा विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता–२०८१ आयोजना हुने भएको छ। सनराइज मिडिया सेन्टरको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै सुदूरपश्चिमै पहिलोपटक सबैभन्दा ठुलो धनराशिको हाजिरीजवाफ प्रतियोगिता हुन लागेको सनराईज मिडिया सेन्टरका अध्यक्ष उत्तम थापाले जानकारी दिए । प्रतियोगितामा प्रत्यक बिद्यालयबाट दुइ टिम र एउटा पालिकाबाट तिन टिम सहभागी हुन पाउने छन् ।
विद्यालयस्तर देखि सुरु हुने अडिसनमा प्रत्यक पालिकाबाट तीन टिमलाइ धनगढीमा उपस्थित गराएर मेघा अडिसन राउन्ड आइरन राउन्ड सिल्बर राउन्ड गोल्ड राउन्ड डाइमन्ड राउन्ड र सेमिफाइनल राउन्ड बाट छनोट भएका टिमबाट ग्राण्ड फिनाले बाट प्रथम द्वितिय र तृतिय छनोट गरिने छ ।
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख नगद प्रमाणपत्र ट्रफी सहित आकर्षक गिफ्ट ह्याम्पर द्वितीय पुरस्कार ५० हजार नगद प्रमाणपत्र ट्रफी सहित आकर्षक गिफ्ट ह्याम्पर तृतीय पुरस्कार २५ हजार नगद प्रमाणपत्र ट्रफी सहित आकर्षक गिफ्ट ह्याम्पर र सान्त्वना पुरस्कार १० हजार नगद प्रमाणपत्र ट्रफी सहित आकर्षक गिफ्ट ह्याम्पर रहने छ । प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यालयहरूलाई सहभागिताको प्रमाणपत्र र फाइनल प्रवेश गर्न सफल ६ ओटा समूहहरूलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगिताका सम्पूर्ण अडिसनहरु सनराइज टेलिभिजन फेसबुक पेज युट्युब च्यानल इंस्टाग्राम र टिकटकमा प्रसारण हुने छन । विद्यालयमा हुने पढाईका साथै विद्यार्थीको अतिरित्त ज्ञान हासिल गर्न प्रतियोगिता कोसेढुङगा सावित हुने सनराईज मिडियाका कार्यक्रम संयोजक तथा हाजिरी प्रतियोगिता २०८१ का कार्यक्रमका प्रस्तोता प्रेम बिवश चन्दले बताए ।
सुदूरपश्चिममा डान्स गायन तथा अन्य विधाहरूमा धेरै कार्यक्रम आयोजना भएका भए पनि विद्यार्थीको बौधिक क्षमता प्रदर्शन गर्ने कार्यक्रम नभएको हुँदा नौलो भएको सनराइज मिडियाका कार्यकारी निर्देशक दिप श्रेष्ठले बताए ।
कार्यक्रम कैलाली र कञ्चनपुरका विद्यालयहरूमा यही पुस २१ गते देखि फाराम बितरण हुने र आगामी माघ पहिलो हप्ता बाट १६ अडिसन गरेर जेठ सम्म सञ्चालन हुने गरी काम अगाडि बढेकाे सनराईज मिडियाका अध्यक्ष उत्तम थापाले बताए । सुदूरपश्चिममै नयाँ तरिकाले कार्यक्रमको योजना बनाइएको र कैलाली र कञ्चनपुरमा कार्यक्रम सफल भएपछि सुदूरपश्चिमभर नै कार्यक्रम गरिने अध्यक्ष थापाको भनाई छ ।