अवैध काठसहित एक जना पक्राउ
धनगढी । कैलालीको अत्तरियाबाट अवैध काठ सहित एक जना पक्राउ परेका छन । बुधबार गोदावरी नगरपालिका – १ पुर्व रोड स्थित पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको से १ त ६३३७ नम्बरको ट्याक्टरबाट प्रहरीले ९० क्युफिट काठ सहित एक जनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी गस्ती टोलीले ट्याक्टरलाई संका लागि चेक जाँच गर्दा अबैध जमुना जातको काठको गोलिया २ थान र बट्ररो जातको २ गोलिया (९० क्युफिट) गरेको प्रहरीले जनाएको छ ।
उक्त काठ सहित पक्राउ परेका ट्याक्टर चालक धनगढी उपमहानगरपालिका – ३ का १९ वर्षीय रमेश डगौरालाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय अत्तरियामा बुझाएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।