बैतडीबाट १६ लाखको बिँडी बरामद

बैतडी । भारतबाट अवैध रूपमा ल्याइएको १६ लाख रुपैयाँ बराबरको बिँडी बैतडी प्रहरीले बरामद गरेको छ। प्रहरीले गोप्य सूचनाका आधारमा भन्सार छलेर ल्याइएको १६ लाख ३२ हजार रुपैयाँ बराबरको भन्सार छलेर ल्याएको बिँडी बरामद गरेको हो।

Ganyapdhura gau

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलवार दोगडकेदार गाउँपालिका–४ र सुर्नया गाउँपालिका–६ बाट भन्सार छलीको बिँडी बरामद गरेको जनाएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

दोगडाकेदार गाउँपालिका–४ लट्क्वालीमा से १ ज ८४४ नम्बरको बोलेरो जिप जाँच गर्ने क्रममा ८ लाख १६ हजार रुपैयाँ बराबरको १६ पेटी बिँडी बरामद गरिएको बैतडीका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

जिपमा भन्सार छलीको बिँडी फेला परेपछि जिपचालक २६ वर्षीय सुरज ठगुन्नासहित जिपलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाट पठाइएको छ।

सुर्नया गाउँपालिका–६ रीगामा से १ ज २२१ नम्बरको बोलेर जिप जाँच गर्ने क्रममा उक्त जिपबाट ८ लाख १६ हजार रुपैयाँ बराबरको १६ पेटी बिँडी बरामद गरिएको छ।

सुर्नया गाउँपालिका –२ का २१ वर्षीय जिपचालक हरिश बिष्टसहित जिप नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ।पछिल्लो समय भारतबाट अवैध रूपमा सामान भित्रिएको गुनासो आउन थालेपछि प्रहरीले कडाइ गरेको छ।

Couple
Loading...