कञ्चनपुर– कञ्चनपुरमा एक किशोरीलाई अपहरण गरेर बन्धक बनाउने २ जना पक्राउ परेका छन् । यही पौष १३ गते दिउँसो एक १६ वर्षीया किशोरीलाई अपहरण गरेर बन्धक बनाउने २ जना पक्राउ परेका हुन् ।
जिल्लाको भीमदत्त नगरपालिका–६ स्थित शिव मन्दिर नजिक नहरमा साथीसँग जाँदै गरेको अवस्थामा हामी प्रहरी हौँ भन्दै नम्बर एकिन नभएको मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिले अपहरण गरेरका थिए ।
यो सूचना कञ्चनपुर प्रहरीले प्राप्त गरेपछि पिडित किशोरीलाई पौष १४ गते बिहान भीमदत्त नगरपालिका–१६ वसन्तपुरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बताए ।
उनका अनुसार भीमदत्त नगरपालिका–१६ का ३५ वर्षीय महेश सिंह खत्री र सोही स्थानका ३३ वर्षीय धुर्व जोशीलाई प्रहरीले पक्राउ गरेको छ ।
दुबै जनाले कसूर गर्दा प्रयोग गरेको बा ५५ प ९६१३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेर अपहरण तथा शरीर बन्धक लिन नहुने कसूर अन्तर्गत जिल्ला अदालत कञ्चनपुरबाट ७ दिनको ७ म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।