अत्तरिया जेसीजको अध्यक्षमा खड्का चयन

अत्तरिया- कैलालीको अत्तरियामा रहेको अत्तरिया जेसीज वर्ष २०२५ का लागि अध्यक्षमा प्रदिप खड्का चयन भएका छन् ।

खड्का सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक एवं अत्तरिया जेसिजका पूर्व अध्यक्ष भरत खड्काले जानकारी दिए ।

एक वर्षे कार्यकालका लागि चयन हुने जेसीजको कार्यकारीणी उपाध्यक्षमा कल्पना भट्ट र महेन्द्र ऐडी सर्वसम्मत चयन भएका छन् ।

समितिको कानुनी सल्लाहकारमा बम बहादुर बोगटी, महासचिवमा अनिश सिंह र कोषाध्यक्षमा शंकर साउँद सर्वसम्मत चयन भएको निर्वाचन संयोजक खड्काले जानकारी दिए । त्यस्तै समितिको उपाध्यक्षहरुमा टेक खड्का, हेमराज भट्ट, प्रेमा पाठक र शान परिवार चयन भएका छन् ।

Loading...