डडेल्धुरामा १९ वर्षीय युवती मृत फेला

डडेल्धुरा- डडेल्धुरामा १९ वर्षीय युवती मृत फेला परेकी छन् । जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर २, तेली गाउँकी १९ वर्षीया किशोरी आशा मल्ल मृत अवस्थामा फेला परेकी हुन् ।

उनी शुक्रबार राति आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेको जनाएको छ । उनी शुक्रबार बिहान विद्यालय पनि गएकी थिइन् । तर विद्यालयबाट फर्किएपछि साँझ यस्तो घटना भएको बताइएको छ । आशाले किन यस्तो कदम उठाइन् भन्ने कारण हालसम्म खुल्न सकेको छैन ।

घटनाको जानकारी पाएपछि नेपाल प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । स्थानीय बासिन्दाहरू यो घटनाले स्तब्ध भएका छन् ।

Loading...