दशरथचन्द नगरपालिकाद्वारा जेष्ठ नागरिकलाई सम्मान 

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाले नगर क्षेत्रभित्रका जेष्ठ नागरिकहरुलाई सम्मान र सामग्री वितरण कार्यक्रम सुरु गरेको छ।

Ganyapdhura gau
Dadeldhura hospital

नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम सुरु भएको शाखा प्रमुख लिला कुँवरले बताइन्। जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने उद्देश्यले प्रत्येक वडामा पुगेर कार्यक्रम सञ्चालन भइरहेको छ। आइतवार दशरथचन्द नगरपालिका वडा नम्बर ५ का जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ। ८५ बर्षमाथिका जेष्ठ नागरिकहरुलाई फाइबर सिरक र थर्मस दिनुका साथै दोसल्ला ओढाएर सम्मान गर्ने गरिएको कुँवरले बताइन्।

Navadurga sun
Godawari sandesh

जेष्ठ नागरिकलाई स्थानीय सरकारको आभाष दिलाउनका लागि कार्यक्रम सञ्चालनमा ल्याइएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन्। प्रत्येक वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताइन्। वडाको जनसंख्या हेरर सानो वडामा ९ जना र ठूलो वडामा ११ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ। ८५ वर्षमाथिका जेष्ठ नागरिक नभएका वडामा त्यो भन्दा कम उमेरका जेष्ठ नागरिकहरुलाई सम्मानका साथै सामग्री वितरण गरिने दशरथचन्द नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कुँवरले बताइन्। 

नगर सरकारका तर्फबाट जेष्ठ नागरिकलाई सम्मान गर्न यो कार्यक्रम सञ्चालन गरेको बताउँदै उपप्रमुख चन्दले आगामी दिनमा जेष्ठ नागरिकहरुका लागि थप कार्यक्रम सञ्चालन गर्ने बताइन्। उनले भनिन् ‘हामीले जेष्ठ नागरिकहरुलाई सम्मान गर्न र जेष्ठ नागरिकप्रति सम्मान संस्कृति बसाउन यो कार्यक्रम सञ्चालन गरेका हौं । आगामी दिनमा अन्य कार्यक्रम पनि सञ्चालन गर्छौं ।’

Couple
Loading...