विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

अत्तरिया- जापान सरकारको सहयोगमा आम्दामाईन्डस नेपाल संगको साझेदारीमा फाया नेपालले मातृ तथा बाल स्वास्थ्य ब्यवहार प्रवर्द्धन परियोजनामा विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त परियोजना अन्तर्गत चुरे गाउँपालिका ६ शान्तिनगरमा रहेको जनता माध्यमिक विद्यालयमा शुक्रबार हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएकाे हो ।

उक्त प्रतियोगिता कार्यक्रममा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हर्क बहादुर साउदको सभापतित्व भएको कार्यक्रमका प्रमुख अथिती फाया नेपाल परियोजना अधिकृत अभिषेक बिके रहेका थिए । 

त्यस्तै विशिष्‍ट  अथिती मेलकटेस्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक बम बहादुर खत्री, भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्त बहादुर ऐर रहेका थिए ।

अथितीहरुमा चुरे गाउँपालिका प्रेस सल्लाहकार नरेश नाथ योगी, सामुदायिक स्वास्थ्य इकाई शान्तिनगरका इकाई प्रमुख कोपिला मल्ल लगायत विद्यार्थीहरू अभिभावकको उपस्थितमा कार्यक्रम सम्पन्न गरिएको थियो ।  

विद्यालयहरू  बिचमा भएको प्रतियोगितामा जनता माध्यमिक विद्यालय चुरे ६ शान्तिनगर प्रथम,  भगवती माध्यमिक विद्यालय चुरे ६ कोट दोस्रो, भगवती माध्यमिक विद्यालय चुरे ६ कोट तेस्रो र मेलक्टेस्वर माध्यमिक विद्यालय चुरे ६ बयला चौथो स्थान प्राप्त गरेका थिए ।

Loading...