डडेल्धुरामा अमरगढी स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

हरिश चन्द/डडेल्धुरा ३ पुष- डडेल्धुराको अमरगढी नगरपालिकामा नगर स्तरीय पाँचाौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ बुधबार देखि प्रतियोगिता सुरु भएको हो ।

अमरगढी नगरपालिका-४ को टुडिखेलमा सुरु भएको प्रतियोगिताका नगर प्रमुख डिल्ली राज जोशीले उद्‌घाटन गरेका हुन् । प्रतियोगितामा अमरगढी नगरपालिका भित्र रहेका ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।

प्रतियोगितामा छात्र-छात्रा भलिवल, कबड्डी, एथेलेटिक्स र मार्सल आर्ट लगायतका खेलहरु समावेश गरिएकाे आयोजक अमरगढी नगरपालिकाले जनाएको छ । बुधबार देखि सुरु भएको प्रतियोगिता शुक्रबार सम्म संचालन हुनेछ । देश संघीय संरचनामा गइसकेपछि स्थानीय तहहरुमा नै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन भइरहेका छन् भने स्थानीय स्तरबाट प्रथम भएर आउने खेलाडिहरुको जिल्लामा जिल्ला स्तरिय प्रतियोगिता हुने भएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला नगर प्रमुख डिल्लि राज जोशीले खेलाडीहरु राष्ट्रको गहना भएकोले खेलहरु नियमित संचालन हुनु पर्ने बताउनु भयो । त्यस्तै अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद उपाध्ययले खेल खेल्दा खेलाडीले अनुशासन भएर खेल्नु पर्ने बताउनु भयो । खेलाडी राष्ट्रको गहना भएकाले देशलाई चिनाउन खेलाडीको महत्वपूर्ण भूमिका हुने उहाँको भनाइ रहेका थियो ।

Loading...